शुक्रबार, असार २७, २०८२

मधेस र लुम्बिनी प्रदेशसभाले मनाउँदै स्थापना दिवस

लुम्बिनी प्रदेशसभाले छैटौं र मधेश प्रदेशसभाले पाँचौं स्थापना दिवस मनाइरहेका हुन्।
 |  शनिबार, माघ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २१, २०७९

काठमाडौं– लुम्बिनी प्रदेशसभाले छैटौं र मधेश प्रदेशसभाले पाँचौं स्थापना दिवस मनाउँदै छन्।

शनिबार लुम्बिनी प्रदेशको राप्ती उपत्यका देउखुरी प्रदेशसभा परिसर र मधेस प्रदेशसभा सचिवालयमा विविध कार्यक्रम गरी स्थापना दिवस मनाउन लागिएको हो।

२१ माघ २०७४ मा प्रदेशसभाको पहिलो बैठक बसेकै दिनलाई हरेक वर्ष स्थापना दिवसका रुपमा मनाउने गरिएको छ।

लुम्बिनी प्रदेशसभा अन्य प्रदेशको तुलनामा कानुन निर्माणमा अगाडि रहेको प्रदेशसभा सचिवालयका सचिव दुर्लभ पुनले बताए। प्रदेशसभाको पहिलो कार्यकालमा मात्रै ७२ वटा विधेयक सभाबाट पारित गरेको उनको भनाइ छ। 

यस्तै, मधेस प्रदेशसभा स्थापना दिवस अवसरमा प्रदेशसभा सचिवालयमा विभिन्न कार्यक्रम आयोजना गरिँदै छ।

रक्तदान, उत्कृष्ट कर्मचारीलाई पुरस्कार वितरण, खेलकुदको प्रमाणपत्र वितरण, मन्तव्य कार्यक्रम आयोजन गरेर स्थापना दिवस मनाउने क्रम जारी रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।


प्रकाशित: Feb 04, 2023| 12:35 शनिबार, माघ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...