काठमाडौं- श्रीलङ्का भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले त्यहाँका प्रधानमन्त्री दिनेश गुणबर्द्धनेसँग शिष्टाचार भेट गरेकी छन्।
श्रीलङ्काकाको ७५औं स्वतन्त्रता दिवसको अवसरमा हुने विशेष समारोहमा सहभागी हुन त्यहाँ पुगेकी पौड्यालले हिजो प्रधानमन्त्रीसँग गुणबर्द्धनेसँग भेटवार्ता गरेकी हुन्। भेटमा द्वीदेशीय सम्बन्ध र सहकार्यबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
श्रीलङ्काका प्रधानमन्त्रीले नेपाल र श्रीलङ्काबीच पुरानो मित्रता रहेको बताए । उनले आपसी सहकार्यमा अघि बढ्ने प्रतिबद्धता पनि जनाए।
प्रधानमन्त्रीसँगको भेट्नुअघि परराष्ट्रमन्त्री पौड्यालले आफ्ना श्रीलङ्काली समकक्षी एमयूएम अली सब्रिसँग भेटवार्ता गरेकी थिइन्।
उनले आज दिउँसो श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्घेसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।