शनिबार, असार २८, २०८२

सांसद चौधरीको रिहाइ माग्दै बिथोलियो लुम्बिनी प्रदेशसभा बैठक

संघीय प्रतिनिधिसभाका सांसद चौधरीलाई बिनासर्त रिहा गर्न माग गर्दै नागरिक उन्मुक्तिले लुम्बिनी प्रदेशसभा अवरुद्ध गरेको हो।
 |  शुक्रबार, माघ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २०, २०७९

काठमाडौं– संघीय प्रतिनिधिसभाका सांसद अरुण चौधरीको रिहाइको माग गर्दै लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध भएको छ। चौधरी नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित सांसद हुन्।

शुक्रबार प्रदेश सभामुखले बैठक सुरु भएको घन्टी बजाउनासाथ नागरिक उन्मुक्तिका सांसदले आ–आफ्नो स्थानमा उठेर विरोध जनाएपछि प्रदेशसभा अवरुद्ध भएको हो।

प्रदेश सभामुखले दलका नेता धर्म चौधरीलाई बोल्न समय दिए। उनले आफ्ना सांसद चौधरीलाई बिनासर्त रिहाइ गर्नुपर्ने बताए। संघीय सरकार कसले चलाइरहेको छ भन्दै उनले थारुहरुलाई फेरि जेलमा कोच्ने काम भएको दाबी गरे।

सोही पार्टीका अर्का सांसद राजकुमारले सरकार, सदन र सडकमा समेत न्यायको आवाज उठाउनुपरेको तर सुनुवाइ नभएको गुनासो गरे। सभामुख तुलाराम घर्तीले विशेष छलफलका लागि १५ मिनेटसम्म बैठक स्थगित गरेका थिए।

प्रकाशित: Feb 03, 2023| 16:32 शुक्रबार, माघ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...