काठमाडौं- प्रमुख निर्वचन आयुक्त दिनेशकुमार थपलियाले अभियोग लागेकाहरूलाई उम्मेदवार बन्न नदिने कानुन बनाउन लागेको बताएका छन्।
प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा कार्यक्रममा बोल्दै उनले यसबारे मस्यौदा बनाउने काम भईरहेको उनले बताएका हुन्। उनले चैत मसान्तसम्म नयाँ कानुनसहित संसद्मा पेस गर्ने र नियमावली बनाउन लाग्ने बताए।
थपलियाले भने, 'अभियोग लागेको मान्छे निर्वाचित हुन्छ, तर निलम्बन भइहाल्छ, यसलाई कानुन बनाएर काम गर्नुपर्ने देखिएकाले त्यसका लागि मस्यौदा बनाउने काम भईरहेको छ। यस्ता व्यक्ति उम्मेदवार नै नहुने गरी काम गर्नुपर्नेछ।’