काठमाडौं- नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल गाडी चलाउँदै गर्दा बेहोस भएका छन्। आफैं गाडी चलाएर पार्टी कार्यालय जाँदै गरेका भुसाल बानेश्वरमा बेहोस भएको र उनलाई सिभिल अस्पतालमा भर्ना गरिएको बताइएको छ।
उनको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ।