काठमाडौं– नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्ता झगडामा रुमलिएर गणतन्त्रको डुंगालाई कसैले प्वाल पार्ने काम गर्न नहुने बताएका छन्।
शुक्रबार बाबुरामले सामाजिक सञ्जालमा सत्ता गठबन्धनमा देखिएको तिक्तता तथा पछिल्लो राजनीतिक घटनाक्रमतर्फ लक्षित गर्दै उक्त भनाइ सार्वजनिक गरेका हुन्।
उनले प्रमुख दलहरुबीचको सहमतिमा पुनः जोड दिएका छन्।
‘लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगालाई कसैले पनि प्वाल पार्ने काम नगरौं! यो डुंगा डुब्दा हामी सबै त डुब्छौं डुब्छौं, देश र जनताले ठूलो क्षति बेहोर्नुपर्नेछ’, भट्टराईले भनेका छन्, ‘कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेको सन्दर्भमा प्रमुख दलहरूबीच सहमतिको विकल्प छैन। गम्भीर बनौं!’