शनिबार, असार २८, २०८२

पक्राउ परेका सांसद चौधरीलाई आज अदालतमा बुझाइने

१३ वर्ष अगाडि थरुहट आन्दोलनको क्रममा ट्याक्टर जलाएको घटनामा कसुरदार ठहर भई पक्राउ परेका प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीलाई आज कैलाली जिल्ला अदालतमा बुझाउने तयारी भइरहेको छ।
 |  शुक्रबार, माघ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २०, २०७९

धनगढी- १३ वर्ष अगाडि थरुहट आन्दोलनको क्रममा ट्याक्टर जलाएको घटनामा कसुरदार ठहर भई पक्राउ परेका प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीलाई आज कैलाली जिल्ला अदालतमा बुझाउने तयारी भइरहेको छ। 

अदालत खुलेपछि उहाँलाई बुझाइने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए। काठमाण्डौं जाने क्रममा हिजो नेपाल प्रहरीले बाँकेको कोहलपुरबाट उनलाई पक्राउ गरेको थियो। पक्राउ परेका चौधरीलाई नेपालगञ्जबाट जहाजमा काठमाडौं र काठमाडौंबाट हिजो साँझ जहाजमै धनगढी ल्याइएको छ। चौधरीसँगै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवम् सांसद रञ्जिता श्रेष्ठ चौधरी पनि कैलाली आएकी छन्।

२०६६ सालमा भएको थरुहट आन्दोलनको क्रममा बन्दको अवज्ञा गरिएको भन्दै लु२त २११ नम्बरको ट्याक्टरमा बन्दकर्ताले आगजनी गरेका थिए। ट्याक्टरमा आगजनी गरिएको भन्दै ट्याक्टर धनी साबिककै बलिया–५ का महादेव बजगाईँले २०६७ भदौ ५ मा चौधरीसहित तीन जनाविरुद्ध किटानी जाहेरी दिएका थिए।  

प्रतिवादीको अनुपस्थितिमा २०७० वैशाख १० गते अदालतले फैसला गरेको थियो। अदालतले साबिकको बलिया गाविस–३ का अरुणकुमार चौधरी, सोही ठाउँका परशुराम चौधरी र कोटातुल्सीपुर गाविस–१ वीरबहादुर चौधरीलाई जनही छ महिना कैद सजायसहित आठ लाख १९ हजार ४२३ रुपियाँ बिगो तिर्नु पर्ने फैसला सुनाएको थियो।

१० वर्ष अगाडि नै अदालतले फैसला गरे पनि चौधरीसहित कसुरदार तीनै जनालाई पक्राउ नगरी फरार सूचीमा राखिएको थियो। गत मंसिरमा सम्पन्न निर्वाचनमा उनी कैलाली–२ बाट नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए।

प्रकाशित: Feb 03, 2023| 09:51 शुक्रबार, माघ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...