आइतबार, असार २९, २०८२

कांग्रेसले बोलायो संसदीय दलको बैठक

कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षको चुनावबारे छलफल गर्न बैठक बोलाएको हो।
 |  बुधबार, माघ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ १८, २०७९

काठमाडौं- नेपाली कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ। कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षको चुनावबारे छलफल गर्न बैठक बोलाएको हो।

कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकले बिहीबार बिहान ९ बजेका लागि संसदीय कार्यसमितिको बैठक बोलाइएको बताए।

राष्ट्रियसभाकी तत्कालीन उपाध्यक्ष शशीकला दहालको कार्यकाल २०७८ फागुन २० गते सकिएको थियो। राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले उपाध्यक्षको निर्वाचनको मिति र समय नतोक्दा १ वर्षदेखि उक्त पद रिक्त थियो। 

सत्ता गठबन्धनबाट माओवादी केन्द्रले राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी दिने जनाएको छ। कांग्रेसले उम्मेदवारी दिने नदिने भोलि बस्ने बैठकले टुंगो लगाउनेछ।

प्रकाशित: Feb 01, 2023| 18:11 बुधबार, माघ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...