आइतबार, असार २९, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • आत्मदाह र आत्महत्या न्यूनीकरणका लागि छानबिन समिति बनाउन सांसदहरुको माग

आत्मदाह र आत्महत्या न्यूनीकरणका लागि छानबिन समिति बनाउन सांसदहरुको माग

बैठकमा सांसद अमरेशकुमार सिंहले देशमा बढ्दै गएको आत्मदाह र आत्महत्या जस्ता घटनाको न्यूनीकरणका लागि उच्चस्तरीय छानबिन समितिको गठन गर्नु आवश्यक रहेको बताए।
 |  बुधबार, माघ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ १८, २०७९

प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरूले आत्महत्या र आत्मदाहको घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकमा सांसद अमरेशकुमार सिंहले देशमा बढ्दै गएको आत्मदाह र आत्महत्या जस्ता घटनाको न्यूनीकरणका लागि उच्चस्तरीय छानबिन समितिको गठन गर्नु आवश्यक रहेको बताए। 

सिंहले भने, ‘देशको विभिन्न भागमा नागरिकहरुले आत्मदाह गरेको देखिन्छ। आत्महत्या गरेको देखिन्छ। के कारणले आम नागरिकमा आत्दाह गर्ने आत्महत्या गर्ने बाध्यता आइपरेको छ? त्यसको लागि एउटा उच्चस्तरीय छानबिन समिति गठन होस्,।’ 

त्यस्तै सांसद अम्बिका बस्नेतले आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको जस्तो नियति कसैले भोग्नु नपरोस् भन्दै नागरिकको सामाजिक, आर्थिक र सामान्य जनजीवन चलाउन सक्ने वातावरण बनाउन र आगामी दिनमा प्रेमप्रसाद आचार्यको जस्ता घटना दोहोरिन नदिन माग गरिन्।

प्रकाशित: Feb 01, 2023| 15:30 बुधबार, माघ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...