काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर जबराले राप्रपा नेपालमा सनातन हिन्दु धर्म कायम गर्नका लागि आएको बताएका छन्। संसद् बैठकको विशेष समयमा बोल्दै उनले राजासहितको प्रजातन्त्रलाई स्थापित गर्न आफूहरु आएको अभिव्यक्ति दिए। उक्त कुरालाई संविधानले रोक्न नसक्ने उनको प्रस्टोक्ति थियो।
'यी संविधानका अपरिवर्तनीय बुँदा होइनन्। यी विषयमा हामीले बोल्न पाउनुपर्छ। हामी बोल्छौं। हामी समयमा कार्यान्वयन गर्छौं,' उनले भने, 'त्यसको मतलब यो होइन कि हामी संविधान र व्यवस्थालाई मान्दैनौं। हामी संविधान र व्यवस्थालाई नमान्ने भए जंगल जान्थ्यौं। बन्दुक उठाउँथ्यौं।'