काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शमशेर जबराले क्षत्रिय, पार्टी र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्न सक्नुपर्ने धारणा राखेका छन्। यति गर्न सकेमात्र जनताले आसा र भरोसा गरेर आफूहरूलाई पठाएको चाहना सार्थक हुने बताए।
उनले कृषि प्रधान देशमा सधैं मलको अभाव हुने गरेको बताउँदै उनले मुलुकमा मल उद्योग स्थापनाका लागि बजेटमा व्यवस्था गर्न माग गरेका छन्। यसका साथै उद्योगधन्दा निर्माणका लागि उद्योगमैत्री वातावरण निर्माण गर्नुपर्ने बताए। मुलुकमा लगानीको कुरा गर्दै गर्दा त्यसका लागि हामीले कस्तो नीति बनाएका छौं भन्ने कुरामा ध्यान दिंदै लगानीमैत्री व्यवस्था अगाडि बढाउनु पर्ने धारणाा राखेका छन्।
नेपालमा राष्ट्रिय गौरवका आयोजना नै अलपत्र पर्ने अवस्था आउनु चिन्ताको विषय भएको बताए। सिक्टा पूर्ण रुपमा बन्दा पनि अझैँ पाँच वर्षसम्म मुद्दा मामिलाका कारण किसानको खेतमा पानी जान नसक्ने अवस्था रहेको बताए।
सुकुमबासीका समस्या समाधानका लागि ३० पटक आयोग बन्दा पनि समस्या समाधान नभएको बताए। यो समस्या सधैँका लागि बन्द गर्नुपर्ने बताए।