आइतबार, असार २९, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • संविधानका आधारभूत संरचनामै प्रधानमन्त्री र मन्त्री बाझिनु राम्रो होइन : सांसद पन्त

संविधानका आधारभूत संरचनामै प्रधानमन्त्री र मन्त्री बाझिनु राम्रो होइन : सांसद पन्त

प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद पन्तले संविधान विपरीत मन्त्रीले संविधान विरोधी अभिव्यक्ति दिइरहेको आरोप लगाएका हुन्।
 |  बुधबार, माघ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ १८, २०७९

काठमाडौं- नेकपा एमाले सांसद् रघुजी पन्तले सरकारका मन्त्रीहरूले नै संविधान विरोधी अभिव्यक्ति दिइरहेको आरोप लगाएका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद पन्तले संविधान विपरीत मन्त्रीले संविधान विरोधी अभिव्यक्ति दिइरहेको आरोप लगाएका हुन्। सरकारमा सहभागी मन्त्रीहरूनै संविधानको मान्यता विपरीत धर्म निरपेक्षतालाई मान्दिन, संघीयतालाई मान्दिन भन्दै बोल्नु चिन्ताको विषय भएको उनको भनाइ थियो।

संविधान अनुसार शपथ ग्रहण गरेका मन्त्रीले संविधान विपरीत बोल्न नमिल्ने बताएका छन्। संविधानका आधारभूत संरचनामै प्रधानमन्त्री र मन्त्री बाँझिनु लोकतन्त्रका लागि राम्रो लक्षण नभएको उनको तर्क छ।

उनले यो सरकारमा हाम्रो पार्टीको महत्वपूर्ण भूमिका रहेको भन्दै संविधानको बर्खिलापमा नजान सरकारमा सहभागी मन्त्रीलाई आग्रह गरे।

प्रकाशित: Feb 01, 2023| 14:26 बुधबार, माघ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...