काठमाडौं– नेपाली कांग्रसकी सांसद ईश्वरी न्यौपानेले समृद्ध देश सुखी जनता सरकारको भजाउने नारामात्रै भएको आरोप लगाएकी छन्।
आज बुधबार संसद् बैठकको शून्य समयमा आफ्नो धारणा राख्दै उनले संसद् भवन अगाडि युवा उद्यमी प्रेम आचार्यले आत्मदाह गर्नु त्यसको उदाहरण भएको बताइन्।
‘मानिसले आफ्नै शरीरमा आगो लगाएर मर्नु सामान्य घटना होइन। प्रेम प्रतीकमात्र हुन्। हाम्रा देशका हजारौं युवाको मनस्थिति त्यो भन्दा फरक छैन,’ उनले भनिन्। देशमा सम्भावना नदेखेर नवीन सम्भावना पछ्याउँदै विदेशी मुलुकबाट काठको बाकसमा फर्किएको कारुणिक दृश्य देख्दै र भोग्दै आएको प्रति सरकार गम्भीर हुनुपर्ने उनको धारणा छ।
प्रेमको आत्मदाह प्रकरणले राज्य गम्भीर हुनुपर्ने उनले बताइन्। राज्यले जनताको यो भावनाको सम्बोधन नगरे झिल्कोले डढेलोको रुप लिन बेर नलगाउने उनको चेतावनी छ।