आइतबार, असार २९, २०८२

पार्टी एकता गर्न जसपा र नागरिक उन्मुक्ति छलफलमा

जसपाको तर्फबाट वार्ता समिति संयोजक राजेन्द्र श्रेष्ठ र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच यही प्रयोजनका लागि भेटघाट भएको हो।
 |  बुधबार, माघ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ १८, २०७९

जनता समाजवादी पार्टी (जसपा) नेपाल र नागरिक उन्मुक्ति पार्टीबीच एकताको सम्भावनाबारे छलफल भएको छ। जसपाको तर्फबाट वार्ता समिति संयोजक राजेन्द्र श्रेष्ठ र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच यही प्रयोजनका लागि भेटघाट भएको हो।

टीकापुर घटनामा दोषी करार भएपछि चौधरी जेल सजाय काटिरहेका छन्। जेलभित्रैबाट उनी राजनीति गरिरहेका छन्। जेलमै रहँदा उनले खोलेको नागरिक उन्मुक्ति पार्टी अहिेले संघीय संसदमा समेत प्रतिनिधित्व गर्छ। पार्टीको अध्यक्ष भने उनले श्रीमती रञ्जिता श्रेष्ठलाई बनाएका छन्।

मंगलबार बिहान भएको भेटमा श्रेष्ठले चौधरीसँग करिब १ घण्टा छलफल गरेका थिए। नागरिक उन्मुक्ति पार्टी खोल्नुअघि रेशम चौधरी जनता समाजवादी पार्टीकै कार्यकारिणी सदस्य भएका कारण उनीसँग पार्टी एकता सहज हुन सक्ने आँकलनका साथ पार्टीले छलफल अगाडि बढाएको हो। हालैमात्र नागरिक उन्मुक्ति र सीके राउत नेतृत्वको जनमत पार्टीबीच सहकार्य गर्न १२ बुँदे समझदारी भएको थियो।

प्रकाशित: Feb 01, 2023| 07:03 बुधबार, माघ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...