आइतबार, असार २९, २०८२

ओली र रवि लामिछानेबीच भेटवार्ता

भक्तपुरको बालकोटस्थित ओली निवासमा दुवैजनाबीच सत्ता गठबन्धनमा भएको सहमतिबारे छलफल भएको बताइएको छ।
 |  मंगलबार, माघ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १७, २०७९

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच आज भेटवार्ता भएको छ।

भक्तपुरको बालकोटस्थित ओली निवासमा दुवैजनाबीच सत्ता गठबन्धनमा भएको सहमतिबारे छलफल भएको बताइएको छ। 

सरकार गठन हुँदा सत्ता गठबन्धन दलहरुबीच भएको सहमति कार्यान्वयनमा समस्या आएको र सहमतिअनुसार गृह मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने अडान सभापति लामिछानेले अध्यक्ष ओलीसँग राखेको उनको सचिवालयले जनाएको छ। 

भेटवार्ताका क्रममा अध्यक्ष ओलीले सत्ता गठबन्धनबीच भएको सहमति कार्यान्वयनको पक्षमा आफू रहेको बताएको बताएका थिए।

प्रकाशित: Jan 31, 2023| 19:55 मंगलबार, माघ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...