आइतबार, असार २९, २०८२

सात दलीय गठबन्धनलाई टुट्न नदिइने प्रधानमन्त्री प्रचण्डको उद्घोष

राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय बेलुकीसम्म नसुम्पिए सरकारलाई दिइँदै आएको समर्थन फिर्ता लिने चेतावनी दिएपछि प्रधानमन्त्री प्रचण्डले गठबन्धनबारे बोलेका हुन्।
 |  मंगलबार, माघ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १७, २०७९

काठमाडौं– सर्वोच्च अदालतबाट रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दा फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालय आफैंले सम्हाल्ने निर्णयमा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सात दलीय गठबन्धनलाई बचाउन सक्दो प्रयास गर्ने बताएका छन्।

मंगलबार माओवादी मुख्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठक समापनपछि बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालयका कारण गठबन्धन टुट्न नदिइने दाबी गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय बेलुकीसम्म नसुम्पिए सरकारलाई दिइँदै आएको समर्थन फिर्ता लिने बताइसकेको छ।

प्रधानमन्त्री प्रचण्डले भने, हामी यसबारे सल्लाह गर्दै छौं। सकेसम्म यो गठबन्धन नटुटोस् भन्नेमा मेरो कोसिस रहनेछ।’ माओवादी केन्द्रको पदाधिकारी बैठकले लामिछानेको नागरिकता विवादबारे सर्वोच्चबाट फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालय रास्वपालाई नदिने निर्णय गरिसकेको छ।

प्रकाशित: Jan 31, 2023| 16:05 मंगलबार, माघ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...