काठमाडौं- ट्रान्सपरेन्सी इन्टरनेशनलले एक प्रतिवेदन सार्वजनिक गर्दै नेपाल भ्रष्टाचारको ११०औं स्थानमा रहेको जनाएको छ।
ट्रान्सपरेन्सी इन्टरनेशनलले सन् २०२२ को भ्रष्टाचार अवधारणा सूचकांक सार्वजनिक गर्दै नेपालको अवस्था केही सुधार भएता पनि अपेक्षीत सुधार हुन नसकेको हो। ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्ट अनुसार नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा कायमै छ।
सन् २०२२ को भ्रष्टाचार अवधारणा सूचकांकमा नेपाल, १०० मध्ये ३४ अंक प्राप्त गरी भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीको ११०औं स्थानमा रहेको ट्रान्सपरेन्सीले जनाएको छ। सन् २०२१ मा ३३ अंक पाउँदै नेपाल ११७औं स्थानमा थियो।