आइतबार, असार २९, २०८२

लुम्बिनीमा सत्ता गठबन्धनबाट बाहिरियो नागरिक उन्मुक्ति

लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा एमाले र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले आ–आफ्नो हकदाबी गरेसँगै सत्ता गठबन्धनबाट बाहिरिने निर्णयमा पुगिन् पार्टी अध्यक्ष रञ्जिता।
 |  मंगलबार, माघ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १७, २०७९

काठमाडौं– केन्द्रमा सात दलीय गठबन्धनमा रहेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २६ पुसमा विश्वासको मत दिएको नागरिक उन्मुक्ति पार्टी लुम्बिनी प्रदेशबाट बाहिरिएको छ। लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा सत्ता गठबन्धनबाट एमाले र नागरिक उन्मुक्तिले छुट्टाछुट्टै उम्मेदवारी दिएका छन्। विपक्षी कांग्रेसले राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा उम्मेदवारी दर्ता गराएको छ।

राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेले उम्मेदवारी फिर्ता नलिएसँगै नागरिक उन्मुक्तिले गठबन्धन त्याग्ने निर्णय गरेको पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले बताइन्। उनले लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति सत्ता गठबन्धनबाट बाहिरिएको पुष्टि गरिन्। 

लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा नागरिक उन्मुक्तिबाट बाँकेका राजेन्द्रवीर राय, एमालेबाट रोल्पाका कुमार दसौदी र कांग्रेसबाट रोल्पाका माधवप्रसाद आचार्यको उम्मेदवारी अन्तिम नामावलीमा प्रकाशन भइसकेको छ।

२५ माघमा हुने राष्ट्रिय सभाको उपनिर्वाचनमा लुम्बिनी प्रदेशको मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार तीन जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो। 

राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनीमा स्थानीय तहका प्रमुख र उपप्रमुख र प्रदेशसभा सदस्य गरी ३०५ जना मतदाता छन्। २१८ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख र ८७ प्रदेशसभा सदस्य रहनेछन्। एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त पदको उपनिर्वाचन २५ माघमा हुने कार्यतालिका सार्वजनिक भएको छ।

प्रकाशित: Jan 31, 2023| 11:17 मंगलबार, माघ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...