आइतबार, असार २९, २०८२

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने प्रधानमन्त्री पुप्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्।
 |  मंगलबार, माघ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १७, २०७९

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने प्रधानमन्त्री पुप्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्। 

सर्वोच्च अदालतले रवि लामिछानेको नागरिकता अवैध ठहर गर्दै सांसद पद खारेज गरिदिएपछि उनको उपप्रधान तथा गृहमन्त्री पद गुमेको थियो। त्यसपछि आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर लामिछानेले नागरिकता लिइसकेका छन्।

उनको सांसद पद गुमेसँगै चितवनको क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुने भएको छ। उपनिर्वाचन हुने भए पनि मिति भने तय भइसकेको छैन।

नागरिकता लिएसँगै रवि पुन: गृहमन्त्री बन्ने सोचमा छन्। तर, माओवादीभित्र अब रविलाई गृहमन्त्री दिन नहुने आवाज उठ्न थालेको छ। यहीबीच रवि प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन्।

प्रकाशित: Jan 31, 2023| 10:27 मंगलबार, माघ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...