सोमबार, असार ३०, २०८२

दुई दिन पछि सारियो माओवादी स्थायी समिति बैठक

नेताहरूको कार्य विभाजनबारे मतभेद उब्जिएपछि १७ माघका लागि सारिएको स्थायी समिति बैठक १८ माघमा बोलाउने निर्णय भएको हो।
 |  सोमबार, माघ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ १६, २०७९

काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक दुई दिन पछिका लागि सारिएको छ। सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा बोलाइएको पदाधिकारी बैठकमा नेताहरूको कार्य विभाजनबारे मतभेद उब्जिएपछि १७ माघका लागि सारिएको स्थायी समिति बैठक १८ माघमा बोलाउने निर्णय भएको हो।

पार्टी संगठनसम्बन्धी गृहकार्य अपुग भएकाले मंगलबार पनि पदाधिकारी बैठक बसेर आवश्यक निर्णय गरी स्थायी समिति बैठक बुधबारका लागि  सार्ने निर्णय गरिएको उपाध्यक्ष कृष्णबहादुर महराले बताए।

‘हामीले सोमबार पदाधिकारी बैठक बस्ने, आइतबार र शनिबार भएको निर्णयबारे टुंगो लगाएर मंगलबार  स्थायी समिति बैठक बस्ने कार्यतालिका बनाएका थियौं। आज छलफल चले पनि पर्याप्त नभएकाले बुधबार स्थायी कमिटी बैठक बस्ने निर्णयमा पुगेका हौं,’ प्रवक्ता महराले भने।

नेकपा माओवादी केन्द्रको जारी स्थायी समिति बैठकमा नेताहरूको कार्य विभाजनसम्बन्धी प्रस्ताव तयार पार्न महासचिव देवप्रसाद गुरुङ नेतृत्वको कार्यदल बनेको थियो। त्यसमा सहमति जुटाउन सोमबारका लागि पदाधिकारी बैठक बसे पनि सर्वसम्मत हुन सकेन।

प्रकाशित: Jan 30, 2023| 16:34 सोमबार, माघ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...