सोमबार, असार ३०, २०८२

प्रधानमन्त्री प्रचण्ड र काठमाडौंका मेयरबीच भेटवार्ता

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन्।
 |  सोमबार, माघ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ १६, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन्। प्रधानमन्त्रीनिवास बालुवाटार पुगेर सोमबार बिहान मेयर साहले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन्।

दुईबीच झण्डै आधा घण्टा  छलफल  भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटवार्ताको विषयबारे भने केही नबाइए पनि सार्वजनिक स्थान कब्जा गरेर बनाइएका अवैध संरचना हटाउन उनले प्रधानमन्त्रीसँग साथ मागेको बताइएको छ।

बालेनले यसअघि तत्कालीन उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेसँग पनि यस्तै सहयोग मागेका थिए। बालेनले सार्वजनिक जग्गा कब्जा गरी बनाइएका तथा नक्सापासबिना खडा गरिएका संरचना हटाउन सुरु गरेपछि उनीविरुद्धका आवाज चर्को सुनिन थालेको छ।


प्रकाशित: Jan 30, 2023| 10:54 सोमबार, माघ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...