बिहीबार, साउन २, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • रविलाई नागरिकता मुद्दा लगाइनुमा सत्ता समीकरण बदल्ने नियत : महासचिव पोखरेल

रविलाई नागरिकता मुद्दा लगाइनुमा सत्ता समीकरण बदल्ने नियत : महासचिव पोखरेल

सर्वोच्चले शुक्रबार मात्रै अनागरिक घोषणा गरेर आइतबार नागरिकता लिएका लामिछानेमाथि मुद्दा हालेर राजनीतिक मिसन पूरा नहुने र सात दलीय गठबन्धन दायाँबायाँ नहुने एमाले महासचिव पोखरेलको दाबी।
 |  आइतबार, माघ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १५, २०७९

काठमाडौं– एमाले महासचिव शंकर पोखरेलले निवर्तमान राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि नागरिकता प्रकरणमा सर्वोच्च अदालतमा मुद्दा हालिनुको मुख्य कारण सत्ता समीकरणमा बदल्ने नियत रहेको दाबी गरेका छन्।

सर्वोच्चले शुक्रबार मात्रै अनागरिक घोषणा गरेर आइतबार नागरिकता लिएका लामिछानेमाथि मुद्दा हालेर राजनीतिक मिसन पूरा नहुने र सात दलीय गठबन्धन दायाँबायाँ नहुने महासचिव पोखरेलले दाबी गरेका हुन्।

लामिछानेको नागरिकता प्रकरणले सत्ता समीकरणमा फेरबदल नहुने उनले दाबी गरे। विगतमा पिआर लिएर विदेशमा बसेका थुप्रै व्यक्ति नेपाल फर्किंदा स्वतः नेपाली नागरिक भएको अभ्यास रहे पनि कसैले प्रश्न नउठाएको तर लामिछानेलाई प्रयोग गरेर सत्ता सहयात्रा टुटाउने खेल भएको उनको आरोप छ।

‘सामान्य अभ्यासमा के हुने गर्छ भन्ने कुरालाई रविले प्रयोगमा ल्याएका हुन्। अहिले जे अभ्यास भइरहेको छ, उनले त्यसमाथि टेकेर हिँड्न खोजेका हुन्। तर अदालतले भाषालाई समात्यो। नेपालका सन्दर्भमा थुप्रै व्यक्ति पिआर लिएर विदेशमा बसे पनि फर्किआउँदा स्वतः नेपाली नागरिक भएका छन्। कसैले प्रश्न उठाएको छ?’ उनले भने। पिआर लिएका व्यक्तिले परित्याग गरेको घोषणा गरेर त्यसपछि पुनः नयाँ प्रक्रियाबाट नागरिकता प्राप्त गरेको अहिलेसम्म नसुनिएको उनले दाबी गरे। 

महासचिव पोखरेलले लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्चले देखाएको सक्रियताबारे पनि प्रश्न उठाएका छन्। अदालत त्यस्तै प्रकृतिका मुद्दाको निरुपण गर्न उदासिन हुने र प्रक्रिया नै अगाडि नबढ्ने स्थिति हुने तर कतिपय मुद्दाको फटाफट निर्णय हुने गरेकाले यसको जवाफ उसैले दिनुपर्ने उनको भनाइ छ।

प्रकाशित: Jan 29, 2023| 16:39 आइतबार, माघ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...