मंगलबार, वैशाख १६, २०८२

आर्टेटा, जसले 'गनर'लाई उपाधि दाबेदार बनाउँदै छन्

लगातार जितसँगै सम्भवतः आर्टेटा अहिले आफ्नो करियरको सबैभन्दा उचाइमा उडिरहेका छन्। केही वर्ष अघिसम्म प्रिमियर लिग विजेता प्रशिक्षक पेप ग्वार्डिओलाको सहायक प्रशिक्षक भएर काम गरेका आर्टेटालाई आर्सनलले मुख्य प्रशिक्षक बनाउँदा उनी कच्चा प्रशिक्षक मानिएका थिए।
 |  आइतबार, माघ १५, २०७९

विनय सापकोटा

विनय सापकोटा

आइतबार, माघ १५, २०७९

काठमाडौं- ४० वर्षीय स्पेनी फुटबल प्रशिक्षकले अहिले इङ्लिस प्रिमियर लिगमा जादु गरिरहेका छन्। नपत्याइएका प्रशिक्षक माइकेल आर्टेटाले अहिले प्रिमियर लिगको औसत भनिएको टिम आर्सनललाई उपाधि यात्रामा दौडाइरहेका छन्।

आर्सनलले यो सिजनमा धेरै दुर्लभ सुरुआत गर्‍यो। क्लबको इतिहासमै आर्सनलले तेस्रो पटक लगातार सुरुका चार खेलमा जित निकाल्यो। यसअघि २००३–००४ को सिजनमा सुरुका चार खेलमा पहिलो पटक जित निकालेको आर्सनलले उपाधिसमेत उचालेको थियो। त्यसरी नै सानदार सुरुआत गरेको आर्सनल २००४–००५ मा भने उपविजेता बन्यो।

यो विजेता बन्ने लक्षण हो त? जवाफमा आर्टेटाले त्यतिबेला भनेका थिए, ‘लामो बाटो हिँड्नु छ। यो म्याराथन दौड हो।’ उनले सुरुमै अनुमान गर्न इन्कार गरेका थिए। तर, क्लबले समर्थकलाई केही आशा दिलाएका थियो।

कमसेकम पनि उनीहरूको लक्ष्य च्याम्पिन्स लिगको लागि रहेको धेरैले अनुमान गरे। किनभने उसले च्याम्पियन्स लिग नखेलेकै धेरै समय भयो। सन् २०१५–१६ मा दोस्रो भएयता आर्सनले शीर्ष चारको स्थान ओगट्न सकेको थिएन।

आफ्नो तेस्रो सिजन आर्सनलमा बिताइरहेका आर्टेटाले पहिलो कुरा आफ्ना खेलाडीको मानसिकता परिवर्तन गरेका छन्। ‘हामी एक-एक खेल जित्नका लागि भोका छौं। सिजनभरि यसरी नै अघि बढ्न चहान्छौं,’ गत अक्टोबरमा फुलहामलाई कमब्याक जित निकालेको दिन फरवार्ड बुकायो साकाले भनेका थिए।

Metro Mart
worldlink

लगातार जितसँगै सम्भवतः आर्टेटा अहिले आफ्नो करियरको सबैभन्दा उचाइमा उडिरहेका छन्। केही वर्ष अघिसम्म प्रिमियर लिग विजेता प्रशिक्षक पेप ग्वार्डिओलाको सहायक प्रशिक्षक भएर काम गरेका आर्टेटालाई आर्सनलले मुख्य प्रशिक्षक बनाउँदा उनी कच्चा प्रशिक्षक मानिएका थिए।

‘हामी दृढ, निरन्तर लागिरहने र जित्ने मानसिकता कायम राख्न क्लबको संस्कृतिमा फिट हुनुपर्ने कुरा मैले सिकेर आर्सनल फर्किएको छु,’ आर्टेटाले आफ्नो अनुबन्धमा भनेका थिए, ‘क्लबमा हरेक कार्य महत्त्वपूर्ण छ। पेपको काम गर्ने शैली अविश्वसनीय छ। कर्मचारीमा पनि उनको कामलाई सम्प्रेषण गर्ने गुण हुनुपर्छ र जब खेलाडी त्यसमा रहन्छन्, तपाईं पनि बलियो हुन सक्नुहुन्छ।’

प्रकाशित: Jan 29, 2023| 10:47 आइतबार, माघ १५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।