काठमाडौं– एमाले उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुने एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले ठोकुवा गरेका छन्। शनिबार प्रेस चौतारी पाल्पाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता ज्ञवालीले यस्तो बताएका हुन्।
सत्ता गठबन्धनका तर्फबाट एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने र राष्ट्रिय सहमति चाहिएको भए कांग्रेस सहभागी हुन सक्ने उनको धारणा छ।
त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई मनाउनुपर्ने सुझाव उनले दिए। कांग्रेसले प्रधान्मन्त्रीलाई विश्वासको मत दिएर धमिलो पानीमा माछा मार्न खोजेको नेता ज्ञवालीले आरोप लगाए।