शुक्रबार, साउन ३, २०८२

प्रधानमन्त्री प्रचण्डलाई गृह मन्त्रालय सम्हाल्ने जिम्मा

प्रधानमन्त्रीको सिफारिसमा गृह मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले जिम्मेवारी तोकिन्।
 |  शनिबार, माघ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ १४, २०७९

काठमाडौं– सर्वोच्च अदालतले नागरिकता प्रकरणमा दोषी ठहर गरेका रवि लामिछानेले गृहमन्त्री पदबाट राजीनामा दिएपछि गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हालेका छन्। 

सर्वाेच्चले शुक्रबार गरेको फैसलाबमोजिम लामिछानेको वैधानिक नागरिकता नभएकाले  चुनाव जिते पनि सांसद पद खारेज भएको छ। पद खारेजीमा परेपछि लामिछानेले शुक्रबारै प्रधानमन्त्री प्रचण्डसमक्ष गृहमन्त्री पदबाट राजीनामा दिएको पत्र बुझाएका थिए।  

शनिबार राष्ट्रपतिको कार्यालयले गृहमन्त्रीको राजीनामापछि प्रधानमन्त्रीको सिफारिसमा गृह मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले जिम्मेवारी तोकेको उल्लेख गरेको छ।

प्रकाशित: Jan 28, 2023| 13:53 शनिबार, माघ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...