शुक्रबार, साउन ३, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • रविको नागरिकता प्रकरणको फैसला मुलुकमा न्याय नमरेको प्रमाण : कांग्रेस नेता कोइराला

रविको नागरिकता प्रकरणको फैसला मुलुकमा न्याय नमरेको प्रमाण : कांग्रेस नेता कोइराला

लामिछानेले गृहमन्त्री पदको दुरुपयोग गरी आफ्ना पक्षमा सम्पूर्ण राज्य संयन्त्र प्रयोग गरे पनि सर्वोच्च अदालतले न्याय सम्पादनमा निष्पक्षता देखाएको नेता कोइरालाको धारणा।
 |  शनिबार, माघ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ १४, २०७९

काठमाडौं– रवि लामिछानेको नागरिकता प्रकरणबारेको फैसलाले देशमा कानुनी राज्य छ भनेर उदाहरण देखाएको कांग्रेस नेता डा. शेखर कोइरालाले बताएका छन्।

शनिबार विराटनगरमा आयोजित कांग्रेस निकट नेपाल प्रेस युनियन प्रदेश १ को प्रथम प्रदेश अधिवेशन उद्घाटन अवसरमा नेता कोइरालाले यस्तो बताएका हुन्।

लामिछानेले गृहमन्त्री पदको दुरुपयोग गरी आफ्ना पक्षमा सम्पूर्ण राज्य संयन्त्र प्रयोग गरे पनि सर्वोच्च अदालतले न्याय सम्पादनमा निष्पक्षता देखाएको उनको भनाइ छ। 

मुलुकबाट न्याय मरिसकेको भनेर न्यायालयप्रतिको घट्दो विश्वासलाई सर्वाेच्चले गरेको फैसलाले विश्वासको सञ्चारमा मद्दत पुगेको नेता कोइरालाले बताए।

कांग्रेस ठूलो पार्टी भएकाले कुनै पनि बेला सरकारको नेतृत्व गर्न सक्ने दाबी नेताको कोइरालाको छ।

आगामी राष्ट्रपति निर्वाचनमा उम्मेदवार खडा गर्न पार्टीभित्र बहस भइरहेकाले छिट्टै नाम अगाडि सारिने उनले जानकारी दिए।

प्रकाशित: Jan 28, 2023| 13:23 शनिबार, माघ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...