शुक्रबार, साउन ३, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल चयन भएका छन्।
 |  शनिबार, माघ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ १४, २०७९

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल चयन भएका छन्। शुक्रबार बसेको पार्टीको आकस्मिक बैठकले उपसभापति र मन्त्रीसमेत रहेका अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो। 

बैठकले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ।

पार्टी सभापति रवि लामिछानेसँग नेपालको नागरिकता प्रमाणपत्र नभएको भन्दै सर्वोच्च अदालतले फैसला गरेपछि उनको सांसद र मन्त्री पदसँगै पार्टी सभापतिको पद पनि गुमेको छ। 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले आज शनिवारदेखि तय भएका सबै कार्यक्रम स्थगित भएको जनाएको छ।

पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले सूचना निकालेर विशेष परिस्थितिका कारण सबै प्रदेशमा तय गरिएका प्रदेश समितिको विस्तारित बैठक तथा सङ्गठन विस्तारका कार्यक्रम अनिश्चितकालका लागि स्थगित भएको जनाएका छन्।

प्रकाशित: Jan 28, 2023| 07:01 शनिबार, माघ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...