शुक्रबार, साउन ३, २०८२

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादी केन्द्रको निर्णय

कोटेश्वर पेरिसडाँडास्थित पार्टी मुख्यालयमा दुईदिन चलेको स्थायी समिति बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय गरेको सो पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।
 |  शुक्रबार, माघ १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १३, २०७९

काठमाडौं- सरकार नेतृत्वकर्ता दल माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको खोज्ने निर्णय गरेको छ।

कोटेश्वर पेरिसडाँडास्थित पार्टी मुख्यालयमा दुईदिन चलेको स्थायी समिति बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय गरेको सो पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। 

भावी राष्ट्रपतिको विषय सत्तारुढ दलभित्र संशय पैदा गरिरहेका बेला माओवादीले सो निर्णय गरेको हो। राष्ट्रपतिमा कांग्रेस र एमालेले आकांक्षा देखाइरहेका बेला माओवादीको निर्णय प्रतिक्षा बनेको थियो।

माओवादीको उक्त निर्णयले कांग्रेस र एमालेसँग मात्र राष्ट्रपतिको विषयमा सहमति नहुने प्रवक्ता महराको भनाइ छ। राष्ट्रपतिका विषयमा सबै राजनीति दलसँग छलफल गर्ने उनले जानकारी दिए। 

एमालेसहितको सबै पार्टीहरूसँग आफूहरुले छलफल गर्ने बताए।

प्रकाशित: Jan 27, 2023| 17:18 शुक्रबार, माघ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...