शुक्रबार, साउन ३, २०८२

बीपीपुत्र शशांकले भने– सहमतिमै कांग्रेसको राष्ट्रपति

नेता कोइरालाले कांग्रेसको प्रस्तावमा अबको राष्ट्रपति राष्ट्रिय सहमतिमा चयन हुने विश्वास व्यक्त गरे।
 |  शुक्रबार, माघ १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १३, २०७९

काठमाडौं– कांग्रेस नेता एवं सांसद डा. शशांक कोइरालाले नयाँ राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिमै हुने दाबी गरेका छन्। शुक्रबार निर्वाचन क्षेत्र नवलपरासी पुगेका कोइरालाले सञ्चारकर्मीसँगको कुराकानीमा  आगामी राष्ट्रपति राष्ट्रिय सहमतिमै चयन हुने बताएका हुन्।

कांग्रेस नेतृत्वको सरकारले स्थानीय तह, प्रदेश,  संघीय निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर संविधान कार्यान्वयनलाई मजबुत बनाएको र अबको ध्यान राष्ट्रपतिको निर्वाचनमा रहेको उनको भनाइ छ। नेता कोइरालाले कांग्रेसको प्रस्तावमा अबको राष्ट्रपति राष्ट्रिय सहमतिमा चयन हुने विश्वास व्यक्त गरे।

राष्ट्रिय सहमति बनाउन संसद्को ठूलो दल कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएकाले पनि अबको राजनीति राष्ट्रिय सहमतिको बाटोमा गएको उनले तर्क थियो।

प्रकाशित: Jan 27, 2023| 17:15 शुक्रबार, माघ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...