शुक्रबार, साउन ३, २०८२

आगामी वैशाखमा कांग्रेसको नीति महाधिवेशन

कांग्रेस नेताहरूले १४औं महाधिवेशनमा ६ महिनापछि नीति महाधिवेशन गर्ने घोषणा गरेका थिए।
 |  शुक्रबार, माघ १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १३, २०७९

काठमाडौं– नेपाली कांग्रेसले १४औं महाधिवेशन सम्पन्न भएको डेढ वर्षपछि आगामी वैशाखमा नीति महाधिवेशन गर्ने भएको छ। कांग्रेस नेताहरुले १४औं महाधिवेशनमा ६ महिनापछि नीति महाधिवेशन गर्ने घोषणा गरेका थिए।

कांग्रेस महामन्त्री गगन थापाले नीति महाधिवेशनमार्फत नयाँ कार्यक्रमका साथ जनतासमक्ष पुग्ने तयारी भइरहेको बताए। उनले भने, ‘७ फागुनभित्र भ्रातृ संस्थाले पूर्णता पाएसँगै पार्टी संगठन व्यवस्थित बनाएपछि आउँदो वैशाखमा नीति महाधिवेशन हुनेछ।’ 

गत वर्ष मंसिरको १४औं महाधिवेशन केन्द्रीय कार्यसमिति चयनमा सीमित भएको थियो। संवैधानिक प्रावधानका कारण कांग्रेसले नेतृत्व चयन गरेर महाधिवेशन सकाएको थियो। कांग्रेसले ५ वर्ष ६ महिनाभित्र महाधिवेशन गर्नैपर्ने संवैधानिक बाध्यताका कारण नीतिमाथि बहस गर्न भ्याएको थिएन।

कांग्रेसले १४औं महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिलाई नीति र कार्यक्रमको सन्दर्भमा नीति अधिवेशन गर्ने अधिकार प्रत्यायोजन गरेको थियो। गत २ साउनमा केन्द्रीय कार्यसमिति बैठकले नीति महाधिवेशनबारे आवश्यक तयारी गरी केन्द्रीय कार्यालयले आगामी केन्द्रीय समितिको बैठकमा प्रस्ताव पेस गर्नुपर्ने बताए पनि प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका कारण नीति अधिवेशन रोकिएको थियो।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले संयुक्त विज्ञप्ति जारी गरेपछित नीति महाधिवेशनबारे अनौपचारिक बहस सुरु भएको थियो। सभापति शेरबहादुर देउवाले गत १० असारमा उपसभापति पूर्णबहादुर खड्कालाई प्रतिष्ठान प्रमुखमा मनोनीत गरेका थिए। तर प्रतिष्ठानले सात महिनासम्म  समितिलाई पूर्णता दिन सकेको छैन। 

विधानमा ५१ जनाको प्रतिष्ठान कार्यसमिति रहने विधानमा व्यवस्था छ। खड्काले नीति अधिवेशनको प्रस्ताव तयार भइसकेकाले आगामी केन्द्रीय समिति बैठकमा पेस गरिने बताए।

कांग्रेस विधानअनुसार महाधिवेशन नभएको वर्षबाहेक सबै सालमा महासमिति बैठक बोलाउनुपर्दछ। १४औं महाधिवेशनमा कांग्रेसका करिब ४३ सय महाधिवेशन प्रतिनिधि चुनिएका थिए। तर महासमिति सदस्य भने केही जिल्लामा मात्र चयन गरिएको छ। महासमिति बैठकलाई नीति महाधिवेशनमा परिवर्तन गर्दा महासमिति सदस्य छान्नुपर्नेछ।

प्रकाशित: Jan 27, 2023| 17:05 शुक्रबार, माघ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...