शुक्रबार, साउन ३, २०८२

आचार्यलाई भेट्न जाँदा कुनै प्रोटोकल मिचेकी छैन : मन्त्री कार्की

स्वास्थ्य पत्रकार मञ्चले मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अस्पताल प्रसासनको प्रोटोकल नमिचेको बताएकी हुन्।
 |  शुक्रबार, माघ १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १३, २०७९

काठमाडौं- स्वास्थराज्यमन्त्री तोसिमा कार्कीले आत्मदाह गरेका प्रेम प्रसाद आचार्यलाई भेट्न जाँदा अस्पताल प्रसासनको कुनै प्रोटोकल नमिचेको बताएकी छन्। स्वास्थ्य पत्रकार मञ्चले मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अस्पताल प्रसासनको प्रोटोकल नमिचेको बताएकी हुन्। 

उनले भनिन्, 'मभित्रको संवेदनाले अस्पताल नपुगी बस्न सकिंन र अस्पतालमा भेट्न पुगेकी थिएँ। त्यहा पुग्नु आवश्यक थियो। हरेक प्रोटोकल भन्दा मथि मानवियताको प्रोटोकल हुन्छ, त्यसैले उहाँलाई हौसला दिनका लागि म अस्पताल पुगेको थिएँ, हामीले अस्पतालको प्रशासनको प्रोटोकल मिचेका छैनौं मैले अस्पतालका चिकित्सकलाई फोन गरेर बुझेपछि आचार्य होसमा भएको थाहा भएपछि म गएको थिएँ, चिकित्सकलाई जानकारी गराएर गएको थिएँ।' उनले 

मन्त्री कार्कीले क्यामेरा लिएर नगएको र कसले फोटो, भिडियो खिच्यो थाहा नभएको बताइन्। उनले भनिन्, 'मसँग स्वकीय र पिएसओ गएका थिए। मैले कुनै क्यामेरा लगेकी थिइनँ। त्यहाँ कसले मोबाइलले फोटो, भिडियो खिच्यो थाहा छैन।'

 स्वास्थराज्यमन्त्री कार्कीले मन्त्रालयले अब गर्ने कार्ययोजनाबारे सुनाइन्। गुणस्तरीय स्वास्थ्य आम मानिसमा कसरी पुर्‍याउने भनी कार्ययोजना बनाइरहेको उनले बताइन्। एकीकृत एम्बुलेन्स सेवा सञ्चालन गर्ने, २०३० सम्म दिगो विकास लक्ष्य सफल बनाउन अभ्यास गरिरहेको उनको भनाइ छ। स्वास्थ्यमा बजेट कम भएकाले त्यसलाई बढाउन प्रयास गर्ने र डा. गोविन्द केसीले उठाएका जायज मागलई सम्बोधन गर्ने उनले बताइन्।

प्रकाशित: Jan 27, 2023| 15:54 शुक्रबार, माघ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...