काठमाडौं- सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक बसिरहेको छ। कोटेश्व पेरिसडाँडास्थित केन्द्रीय पार्टी कार्यालयमा बसिरहेको बैठकमा पछिल्लो राजनीतिक तथा समसामयिक विषयमा छलफल भइरहेको छ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहमतिमा राष्ट्रपति चयन गर्ने प्रस्तावमाथि छलफल भइरहेको छ।
साथै बिहीबार प्रमुख सत्तासाझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा भएको छलफलबारे अध्यक्ष प्रचण्डले बैठकमा जानकारी गराउने छन्।
माओवादी स्थायी समितिको बैठक बिहीबारबट सुरु भएको हो।