काठमाडौं– सत्तारुढ नेकपा माओवादी केन्द्रले पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई उपाध्यक्ष पदमा मनोनीत गर्ने भएको छ। सापकोटालाई उपाध्यक्ष बनाउने गरी छलफल अघि बढेको उक्त पार्टीका एक नेताले बताएका हुन्।
समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न आज माओवादीको स्थायी कमिटी बैठक बसिरहेको छ। सोही बैठकले सापकोटालाई उपाध्यक्ष मनोनीत गर्ने निर्णयमा सहमति जुटाउने बताइएको छ।
यसअघि २१ सदस्यीय पदाधिकारी रहेको माओवादीमा कृष्णबहादुर महरा उपाध्यक्ष छन्। सापकोटालाई मनोनयन गरिएपछि माओवादीमा २ उपाध्यक्ष पुग्नेछन्। वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ रहेका छन्।