काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित गरेको छ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले माघ १५ गते बस्ने भनिएको बैठक अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको जानकारी दिएका छन्।
यसअघि गत पुस २२ का लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक पुस २८ गतेका लागि सारिएको थियो। अन्तिम समयमा उक्त बैठक माघ १५ का लागि तय गरिएकोमा पुन: बैठक अनिश्चित कालका लागि सारिएको छ।
कांग्रेसले बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन–२०७९ को समीक्षा, समसामयिक राजनीतिक सन्दर्भ र विविध गरी तीन वटा एजेन्डामा छलफल गर्ने जनाएको थियो। सरकारबाट बाहिरिएपछि अहिलेसम्म कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्न सकेको छैन।