काठमाडौं- सत्तारूढ नेकपा माओवादी केन्द्रको आज बिहान ११ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक सरेको छ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने भनिए पनि दिउँसो २ बजेका लागि सरेको हो।
बैठकमा पार्टी सङ्गठन विस्तार र सरकारका काम कारबाही लगायतका समसामयिक विषयमा पनि छलफल हुने छ।
आजको बैठकमा केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धिबारे पनि छलफल हुने छ। बैठकले पार्टी केन्द्रीय समितिको बैठकको मिति तोक्नेछ।