काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बिहीबार बस्दैछ। बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो।
बैठकमा समसामयिक र राजनीतिक विषयमा छलफल हुने महासचिव देव गुरुङले जानकारी दिए। बैठकमा समसामयिक राजनीति, सरकारको प्रभावकारिता, पार्टीका विभाग र भ्रातृ संघ संगठनको पुनः गठन सम्बन्धी पनि छलफल हुने बताइएको छ।
बैठकमा केही दलसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धीका बारेमा पनि छलफल हुने बताइएको छ।