शनिबार, साउन ४, २०८२

'जुनसुकै बेला सरकार ढाल्ने क्षमता राख्छ कांग्रेस'

विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले कांग्रेस प्रतिपक्षकै भूमिका रहे पनि अवस्था हेरेर सरकार ढाल्ने र बनाउने क्षमता राख्ने उल्लेख गरे।
 |  बुधबार, माघ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ११, २०७९

नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले प्रतिपक्षी दल भएका कारण कांग्रेससँग जुनसुकै बेला सरकार ढाल्ने र बनाउने क्षमता रहनुपर्ने बताएका छन्। 

विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले कांग्रेस प्रतिपक्षकै भूमिका रहे पनि अवस्था हेरेर सरकार ढाल्ने र बनाउने क्षमता राख्ने उल्लेख गरे। बुधबार नै काठमाडौंमा आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सरकार गिराउने खेलमा लागेको आरोप लगाएका थिए।

ओलीको आरोपको प्रतिक्रिया स्वरुप कोइरालाको यस्तो अभिव्यक्ति आएको हो। 'कांग्रेस जिम्मेवार प्रतिपक्ष भएकाले जुनसुकै बेला सरकार गिराउने र बनाउने क्षमता राख्छ,' कोइरालाले भने, 'हामी प्रतिपक्षमा छौं। प्रतिपक्षकै भूमिका हामी खेल्छौं र प्रतिपक्ष भनेको गभर्मेन्ट इन वेटिङ हो। हामी कुनै पनि बेला सरकार गिराउने क्षमता राख्नुपर्छ र हामीले सरकार बनाउनु पर्छ। विश्वमै हुने खेल नै यही हो पार्लियामेन्टको।'

कोइरालाले राष्ट्रपति चुनावमा सहमति हुने सम्भावना कम रहेको पनि बताए। नेता कोइरालाले आसन्न राष्ट्रपतिको निर्वाचनमा कांग्रेसले उम्मेदवारी दिने प्रस्ट पारे। सहमतिको सम्भावना कम रहेको बताउँदै राष्ट्रपतिमा उम्मेदवार दिएर अन्य दलसित छलफल गर्ने उनको भनाइ थियो। राष्ट्रपतिको चुनावका विषयमा माओवादीसहितका दलसित कांग्रेसले छलफल गर्ने नेता कोइरालाले बताए। उनले भने, 'राष्ट्रपतिको चुनावमा सहमतिबाट जाने सम्भावना त बहुतै कम देख्छु। तर, कांग्रेसले उम्मेदवारी दिन्छ।'

व्यवसायी प्रेमप्रसाद आचार्यले असन्तुष्टि व्यक्त गर्दै गरेको आत्मदाहले राज्यमाथि गम्भीर प्रश्न उठाएको चर्चा गरे। घटनाले देशको राजनैतिक, आर्थिक र सांस्कृतिक अवस्थाका विषयमा गम्भीर संकेत गरेको उनले बताए। 'यसले देश कता जाँदैछ भन्ने कुरा देखाउँछ। यसमा राज्य गम्भीर हुनैपर्छ,' उनले भने। 

,,

प्रकाशित: Jan 25, 2023| 20:15 बुधबार, माघ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...