शनिबार, साउन ४, २०८२

रवि लामिछाने हालसम्म पनि नेपाली नभएको कानुन व्यवसायीको जिकिर

रिट निवेदकको पक्षबाट रिट निवेदक समेत रहेका अधिवक्ता रबिराज बसौला, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ताहरु रमण कर्ण, अमृत खरेल र निकिता ढुङ्गानाले बहस गरे।
 |  बुधबार, माघ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ११, २०७९

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता तथा राहदानीको विवादसम्बन्धी मुद्दामा जारी अन्तिम सुनुवाइअन्तर्गत कानून व्यवसायीको बहस सकिएको छ। रिट निवेदकको पक्षबाट रिट निवेदक समेत रहेका अधिवक्ता रबिराज बसौला, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ताहरु रमण कर्ण, अमृत खरेल र निकिता ढुङ्गानाले बहस गरे। 

उनीहरूले रवि हालसम्म पनि नेपाली नागरिक नभएको जिकिर गर्दै उनको सांसद पद खारेज हुनुपर्ने माग गरे। अधिवक्ता कर्णले नेपाली नागरिकता ऐन २०६३ को दफा १० को उपदफा २ अनुसार रविको नागरिकता कायम नभएको दाबी गरे। ऐनको व्याख्या गर्दै उनले भने, 'नेपाली नागरिकले नेपालको नागरिकता त्याग्न तोकिए बमोजिम सूचना गरेपछि तोकिएको अधिकारीले त्यस्तो सूचना दर्ता गर्नेछ र त्यसरी दर्ता गरिएको मितिदेखि निजको नेपाली नागरिकता कायम रहने छैन।'

रविले नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिकता र राहदानी लिएका थिए। अमेरिकी नागरिकता लिएपनि रविले नेपाली नागरिकता त्याग्ने प्रक्रिया पूरा गरेका थिएनन्। दोहोरो नागरिकताको आरोप लागेपछि उनले २०१८ मा अमेरिकी नागरिकता त्यागेका थिए। तर त्यसपछि पुन: उनले नयाँ नागरिकताका लिने प्रक्रिया पूरा गरेका थिएनन्। उनीसँग अहिले पनि २०५० सालमा जारी भएको नागरिकता रहेको छ, जुन अमेरिकी नागरिकता लिनुपहिले बनेको हो। त्यतिबेला दोहोरो नागरिकता बोकेर हिँडेको विषय अहिले उनीमाथि नैतिक र कानुनी प्रश्नको विषय बनेको हो।

यस्तै अर्का अधिवक्ता भण्डारीले व्यक्तिले तोकिएको निकाय र अधिकारीसमक्ष पुगेर नागरिकता लिनुपर्नेमा रविले त्यो प्रक्रिया पूरा नगरेको बताए। नागरिकता ऐनको दफा ११ को प्रक्रिया नै नअपनाएको उनले बताए। रविले २०७५ जेठ ४ गते नेपालस्थित अमेरिकी दूतावासमा अमेरिकी राहदानी र नागरिकता त्याग्नलाई भनेर निवेदन दिएको देखिएकोमा दूतावासले असार १४ गते अमेरिकी नागरिकता तथा राहदानी रद्द गर्ने निर्णय गरेको उल्लेख गर्दै उनले अमेरिकी दूतावासले नागरिकता तथा राहदानी रद्द गर्ने निर्णय नगर्दै लामिछानेले अध्यागमन विभागलाई पत्र लेख्दै अमेरिकी राहदानी तथा नागरिकता त्यागका लागि निवेदन दिएको देखिएकोमा उक्त निवेदनले कुनै मान्यता नपाउने तर्क राखे। आधिकारिक रुपमा अहिले पनि रवि नेपाली नागरिक नभएको भन्दै उनले रविको सांसद पद स्वत: खारेज हुने बताए।

यस्तै अधिवक्ता बसौलाले पनि दूतावासको जवाफ नआउँदै अध्यागमनमा गएर नागरिकता त्याग्दैछु भनेर रविले सूचना दिएकोमा असार १४ मा मात्रै दूतावासको प्रक्रिया पूरा भएकाले अहिलेसम्म पनि रविले त्यो निस्सा आधिकारिक निकायमा नपुगाएको बताए।

यस्तै अर्का अधिवक्ता खरेलले रविले नागरिकता पुन: प्राप्तिको प्रक्रिया पूरा नगरेकाले औपचारिक रुपले उनी नेपाली नागरिक नभइसकेको तर्क पेश गरेका थिए। 

रिट निवेदकको तर्फबाट बहस सकिएकोमा अब रविका तर्फबाट कानून व्यवसायीले बहस गर्नेछन्।


प्रकाशित: Jan 25, 2023| 15:43 बुधबार, माघ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...