शनिबार, साउन ४, २०८२

बागमती सरकारका नवनियुक्त मन्त्रीको सपथ

एमालेका ४, माओवादीका ४ र राप्रपाबाट ३ जना मन्त्रीले सपथ लिएपछि बागमती प्रदेश सरकारले पायो पूर्णता।
 |  बुधबार, माघ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ११, २०७९

काठमाडौं– बागमती प्रदेशको सत्ता गठबन्धनमा आबद्ध एमाले, माओवादी र राप्रपाका नवनियुक्त मन्त्रीले सपथ लिएका छन्। नवनियुक्त मन्त्रीलाई बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको सपथ खुवाएका हुन्। 

आज सपथ लिने मन्त्रीमा एमालेका ४, माओवादीका ४ र राप्रपाबाट ३ जना रहेका छन्। योसँगै बागमती प्रदेश सरकारले पूर्णता पाएको छ। एमालेबाट एकालाल श्रेष्ठ श्रम, रोजगार तथा यातायातमन्त्री, रामेश्वर श्रेष्ठ स्वास्थ्यमन्त्री, केशव पोख्रेल कृषि तथा पशुपक्षी विकासमन्त्रीमा नियुक्त भएका छन्।

माओवादी केन्द्रबाट कुमारी मोक्तान सामजिक विकासमन्त्री, गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुनमन्त्री र युवराज दुलाल भौतिक योजना तथा पूर्वाधार मन्त्री बनेका छन्। राप्रपाका राजु विष्ट वन तथा वातावरणमन्त्री, डम्बर तामाङले पर्यटन, उद्योग तथा सहकारीमन्त्रीमा नियुक्त भई पद तथा गोपनीयताको सपथ लिएका हुन्।

प्रकाशित: Jan 25, 2023| 15:12 बुधबार, माघ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...