शनिबार, साउन ४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • अन्य पार्टीका नेता/कार्यकर्ता लोभी, एमाले पूरै निष्कलंक : अध्यक्ष ओली

अन्य पार्टीका नेता/कार्यकर्ता लोभी, एमाले पूरै निष्कलंक : अध्यक्ष ओली

अन्य दलका लोभीपापी नेता, कार्यकर्ताहरूको देखासिकी गरेर व्यक्तिगत चाहना पूरा गर्नतिर नलाग्न एमालेपंक्तिलाई ओली मन्त्रणा।
 |  बुधबार, माघ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ११, २०७९

काठमाडौं– सत्तारुढ एमाले अध्यक्ष केपी ओलीले अन्य दलहरूका नेता/कार्यकर्ताले आफ्नो मात्रै लाभ हेर्ने गरे पनि एमाले त्यसमा पृथक रहेको दाबी गरेका छन्।

बुधबार एमाले स्कुल विभागले आयोजना गरेको विशेष अनुशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले अन्य दलका लोभीपापी नेता/कार्यकर्ताहरूको देखासिकी गरेर व्यक्तिगत चाहना पूरा गर्नतिर नलाग्न एमालेपंक्तिलाई सुझाएका हुन्।

जो मान्छेले चलाखीले व्यक्तिगत लाभ लिन्छ, त्यो राजनीतिमा सफल नहुने र त्यस्तालाई समाजले तिरस्कृत गर्ने ओलीले सुनाए। ‘कार्यकर्ता नमुना र आदर्श हुनुपर्छ अनि मात्र जनताले पत्याउँछन्’, उनले भने। 

उनले समाजलाई मार्गदर्शन र बदल्न सक्ने राजनीतिक गर्नुपर्ने आवश्यकता औंल्याए। एमाले दलबल गर्ने, केही प्राप्ति गर्ने र त्यो बाँडीचुँडी खाने पार्टी नभएको दाबी ओलीले गरे। 

अध्यक्ष ओलीले नयाँ पार्टी र तिनका नेतालाई लक्षित गर्दै सामाजिक असन्तुष्टिलाई क्याच गरेर, मौसमी कुरा उछालेर केही दल र नेताहरू ह्वात्त माथि आएको दाबी गरे। उनीहरू जसरी अस्थायी रुपमा माथि आएका छन्, त्यसैगरी बिलाइजाने ओलीको धारणा छ।

प्रकाशित: Jan 25, 2023| 14:51 बुधबार, माघ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...