शनिबार, साउन ४, २०८२

बागमतीमा मन्त्रालय भागबन्डामा जुट्यो सहमति

प्रदेशमा एमाले र माओवादीले ४/४ तथा राप्रपाले ३ मन्त्रालय पाउने सहमति भएपछि मन्त्रीको नाम टुंगो लगाइएको हो।
 |  बुधबार, माघ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ११, २०७९

काठमाडौं– सात दलीय गठबन्धनले बागमती प्रदेशमा मन्त्रालय तथा मन्त्रीको नाममा भइरहेको भागबन्डाको अन्योल हटाएको छ। प्रदेशमा एमाले र माओवादीले ४/४ तथा राप्रपाले ३ मन्त्रालय पाउने सहमति भएपछि मन्त्रीको नाम टुंगो लगाइएको हो।

एमालेबाट मकवानपुरका एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, ललितपुरका रामेश्वर श्रेष्ठ स्वास्थ्य र काठमाडौंका केशवप्रसाद पोखरेल कृषि तथा पशुपक्षी विकासमन्त्री बन्ने समझदारी बनेको छ। एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले यसअघि नै आर्थिक मामिला तथा योजनामन्त्रीको कार्यभार सम्हालिसकेका छन्।

यस्तै, माओवादीबाट आन्तरिक मामिला तथा कानुन मन्त्रीमा सिन्धुलीका गंगानारायण श्रेष्ठ, सिन्धुपाल्चोकका युवराज दुलाल भौतिक पूर्वाधार विकास र मकवानपुरका कुमारी मोक्तान सामाजिक विकासमन्त्री बन्दै छन्। उक्त पार्टीको संसदीय दलका नेता शालिकराम जम्कट्टेलले मुख्यमन्त्रीको सपथ लिइसकेका छन्।

सत्ता सहयात्री राप्रपाबाट डम्बरबहादुर तामाङ उद्योग, पर्यटन र सहकारीमन्त्री र राजु विष्ट वन तथा वातावरणमन्त्री बन्ने सहमति गठबन्धन दलबीच भएको छ। यसअघि बिनाविभागीय रुपमा सपथ खाएका राप्रपा संसदीय दलका नेता उद्धव थापा खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री बन्ने सहमति भएको छ। दलहरुबीच मन्त्रालय भागबन्डामा सहमति जुटेसँगै आजै मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेको बागमती प्रदेश मुख्यमन्त्री कार्यालयले जनाएको छ।

प्रकाशित: Jan 25, 2023| 13:17 बुधबार, माघ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...