शनिबार, साउन ४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • रवि लामिछानेको मुद्दाको सुनुवाइ हुँदै, न्यायधीश राउतको ठाउँमा श्रेष्ठको प्रवेश

रवि लामिछानेको मुद्दाको सुनुवाइ हुँदै, न्यायधीश राउतको ठाउँमा श्रेष्ठको प्रवेश

गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानीसम्बन्धी विवादमा आज अन्तिम सुनुवाइ हुँदैछ।
 |  बुधबार, माघ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ११, २०७९

काठमाडौं- गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानीसम्बन्धी विवादमा आज अन्तिम सुनुवाइ हुँदैछ। सर्वोच्च अदालतमा निष्क्रिय नागरिकता प्रयोग गरी चितवन २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिई निर्वाचित भएका उनलाई अयोग्य घोषित गर्न माग गर्दै सर्वोच्चमा परेको रिटमाथि सुनुवाइ सुरु हुन लागेको हो।

संवैधानिक इजलासले उक्त रिट निवेदनमाथि आजदेखि अन्तिम सुनुवाइ गर्ने र फैसला गर्नेगरी अग्राधिकार दिएको थियो।

इजलासमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा रहेका छन्। यसअघिको इजलासमा रहेका प्रकाशमानसिंह राउत हटेका छन् भने उनको ठाउँमा विश्वम्भरप्रसाद श्रेष्ठ रहेका छन्।

प्रकाशित: Jan 25, 2023| 11:28 बुधबार, माघ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...