शनिबार, साउन ४, २०८२

हत्या आरोपी एमाले सांसद महतोलाई अपराधी करार नगर्न रघुवीरको याचना

मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै महासेठले ‘फरार अभियुक्त’ को सूचीमा रहेका एमाले सांसद कोइरीलाई पक्राउ नगर्न आग्रह गरेका हुन्।
 |  मंगलबार, माघ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १०, २०७९

काठमाडौं– मधेस आन्दोलनका बेला सई थमन विकको हत्या आरोप लागेका एमाले सांसद लक्ष्मी महतो कोइरी अपराधी नभएकाले देशको प्रधानमन्त्रीसमेत बन्न सक्ने नेता रघुवीर महासेठले दाबी गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै महासेठले ‘फरार अभियुक्त’ को सूचीमा रहेका एमाले सांसद कोइरीलाई पक्राउ नगर्न आग्रह गरेका हुन्। 

उनले भने, ‘लक्ष्मी महतोको पनि यो देशमा प्रधानमन्त्री बन्ने अधिकार छ। उहाँ माननीय हुनुुहुन्छ। उहाँमाथि ‘अपराधी’ शब्द प्रयोग नगर्न आग्रह छ। अहिलेसम्म अदालतले दोषी करार गरेको छैन। शंकाको घेराभित्र राखिएको छ। थुनछेक गरेर अर्थात् थुनामा राखेर कारबाही गर्ने कुरा उठाएको छ। अपराधी नै हो भनेर निर्णय गरेको छैन।’

महासेठले सदनलाई देशको इतिहास हेर्नसमेत पाठ पढाए। पञ्चायतकालमा नेपाली जनताका मन–मनमा बसेका स्व. बी कोइराला देश छाडेर प्रवासमा बस्नुको कारण पञ्चायती शासक भएजस्तै अहिले पनि कोइरीको केसमा त्यही भएको उनले दाबी गरे।

महासेठले स्व. गिरिजाप्रसाद कोइराला, केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेता पनि जेलमा परेपछि अभियुक्त नभएझैं कोइरी पनि अपराधी नभएको तर्क संसद्मा राखे। हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि मुद्दा लगाइएको घटनालाई उनले सांसद कोइरीसँग जोडजाड गरे।

प्रकाशित: Jan 24, 2023| 14:53 मंगलबार, माघ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...