शनिबार, साउन ४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • सत्तारुढ एमालेका २३ मध्ये ९ जनवर्गीय संगठनको महाधिवेशन मिति तोकियो

सत्तारुढ एमालेका २३ मध्ये ९ जनवर्गीय संगठनको महाधिवेशन मिति तोकियो

एमालेका सबै जनसंगठनले चैत मसान्तभित्र अधिवेशन, सम्मेलनका लागि मिति घोषणा गरेका हुन्।
 |  मंगलबार, माघ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १०, २०७९

काठमाडौं– सत्तारुढ नेकपा एमालेले २३ मध्ये ९ जनवर्गीय संगठनका  राष्ट्रिय अधिवेशन र सम्मेलन मिति तय गरेको छ। ९ वटा जनवर्गीय संगठनको महाधिवेशन, सम्मेलन मिति घोषणा गरिएको एमाले जनसंगठन समन्वय संयन्त्र सह–संयोजक तथा केन्द्रीय सदस्य रचना खड्काले बताएकी हुन्।

उनका अनुसार सबै जनसंगठनले चैत मसान्तभित्र अधिवेशन, सम्मेलनका लागि मिति घोषणा गरेका हुन्। गत २४–२५ पुसमा काभ्रेको धुलिखेलमा सम्पन्न जनसंगठनको भेलाले आगामी चैत मसान्तभित्र राष्ट्रिय अधिवेशन, सम्मेलन गर्ने निर्णय गरेका थिए।

खड्काले सबै जनसंगठनका पदाधिकारी र सचिवालय बैठकले अधिवेशन, सम्मेलनको मिति तोकेको जानकारी सदस्य खड्काले दिइन्। उनका अनुसार अनेरास्ववियुको आगामी २ देखि ४ फागुनसम्म काठमाडौंमा, नेपाल खेलकुद महासंघको ७ देखि ९ फागुनसम्म विराटनगरमा, रिटर्नी फेडरेसन नेपालको ११ देखि १२ चैतसम्म काठमाडौंमा सम्मेलन हुने भएको छ।

यस्तै, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको १८ देखि १९ चैतसम्म काठमाडौंमा, नेपाल पिछडा वर्ग महासंघको २२ देखि २३ चैतसम्म वीरगञ्जमा, पेसागत महासंघ नेपालको २४ देखि २५ चैतसम्म काठमाडौंमा, अखिल नेपाल महिला संघको २५ देखि २६ चैतसम्म काठमाडौंमा सम्मेलन हुनेछ। एमालेका अनुसार अखिल नेपाल किसान महासंघको २६ देखि २८ चैतसम्म नवलपुरमा र राष्ट्रिय युवा संघको २७ देखि २९ चैतसम्म बाँकेमा सम्मेलन हुनेछ।

एमाले र तत्कालीन नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकताबाट नेकपा बनेपछि जनवर्गीय संगठनका अधिवेशन नियमित हुन सकेका थिएनन्। एमालेका २३ जनवर्गीय संगठन छन्।

प्रकाशित: Jan 24, 2023| 14:11 मंगलबार, माघ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...