मंगलबार, वैशाख १६, २०८२

मृत्युसँग डराउँथे सुशान्त

अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको अढाई वर्ष भइसकेको छ।
 |  शनिबार, माघ ७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ ७, २०७९

मुम्बई- अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको अढाई वर्ष भइसकेको छ। यद्यपि आज पनि उनका फ्यान सुशान्तलाई सम्झिएर भावुक हुन्छन्। आज शनिवार अर्थात २१ जनवरीमा सुशान्तको ३७ औं जन्मजयन्ती मनाइँदैछ। उनको जन्म २१ फेब्रुअरी १९८६ मा पटनामा भएको थियो।

सुशान्तले कमै उमेरमा ठूलो सफलता प्राप्त गरेका थिए। उनी जति बौद्धिक थिए, उती नै खुला हृदयका थिए। तर उनी मृत्युसँग सधैं डराउँथे। सुशान्तले व्यापार विश्लेषक कोमल नाहटालाई एक अन्तरवार्ता दिएका थिए। अन्तरवार्तामा कोमलले सुशान्तलाई सबैभन्दा कुन कुरामा डर लाग्छ भनी सोधेका थिए।

‘मलाई मृत्युसँग सबैभन्दा बढी डर लाग्छ। म यदि तीन घण्टाका लागि सुतेको छु भने मलाई थाहा नै हुँदैन कि म को हुँ र मेरो आसपास के चलिरहेको छ। यस्तो मृत्युमा पनि हुन्छ कि व्यत्तिलाई थाहा हुँदैन कि के चलिरहेको छ। यो निकै डरलाग्दो हुन्छ’, सुशान्तले भनेका थिए।

१४ जुन सन् २०२० मा अभिनेता सुशान्त मुम्बईको आफ्नो बान्द्रावाला फ्ल्याटमा मृत भेटिएका थिए। कतिपयले उनको मृत्युलाई आत्महत्या भने पनि परिवारले भने हत्याको संज्ञा दिएको थियो। त्यसपछि प्रहरी र सीआईबीले अनुसन्धान गरेको थियो। यद्यपि अहिले पनि जो व्यक्ति मृत्युसँग डराउँथ्यो, त्यो व्यक्तिले कसरी आत्महत्या गर्नसक्छ भनेर चर्चा गरिरहन्छन्।

प्रकाशित: Jan 21, 2023| 13:51 शनिबार, माघ ७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्