मंगलबार, वैशाख १६, २०८२

'बहाव'ले प्रिमियरमा पायो राम्रो प्रतिक्रिया

 |  बिहीबार, चैत २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २३, २०७९

काठमाडौं- २४ चैत अर्थात यही शुक्रवारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘बहाव’ को बुधवार प्रिमियर गरिएको छ। काठमाडौंको वान सिनेमा हल नयाँ बानेश्वरमा गरिएको प्रिमियरमा कलाकार, रंग पत्रकारदेखि नेतासम्म फिल्म हेर्न पुगेका थिए।

जसमा एमाले सांसद रघुजी पन्त, कांग्रेसका सांसद प्रदीप पौडेल, पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र सांसद पदम गिरी, कलाकार नीता ढुंगाना, लुनिभा तुलाधर, भोलाराज सापकोटा लगायतको उपस्थिति रहेको थियो। प्रिमियरमा सहभागी सबैले फिल्मको विषयवस्तु फरक लागेको प्रतिक्रिया दिए। 

एमाले नेता रघुजी पन्तले ‘बहाव’ नेपाली फिल्म जगतमा सम्भावना बोकेको फिल्म बनेको प्रतिक्रिया दिए। उनले भने, ‘फिल्मको विषयवस्तु नयाँ छ। नेपाली दर्शकका लागि यसले फरक स्वाद दिनेछ। फिल्मले हामीले समाजमा देख्दै र भोग्दै आएको विषयलाई गम्भीर किसिमले उठान गरेको छ’, पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र सांसद पदम गिरीले फिल्मले समाजभित्रको अन्तर्विरोधलाई देखाएको बताए। उनले समाजभित्र रहेको विभेदको जरा उखेल्न नसिरहेको अवस्थामा ‘बहाव’ ले त्यो जरा उखेल्न भूमिका निर्वाह गर्ने दाबी गरे। फिल्मले समाजलाई बदल्न तागत राख्ने उनको धारणा थियो।

निर्देशक नरेश पौडेलले ‘बहाव’ नेपालमा बनिरहेका फिल्मभन्दा फरक शैलीमा बनेको बताए। उनले आफूले जापानी फिल्म हेरेको अनुभव गरेको खुलाए। कलाकार भोलाराज सापकोटाले कथादेखि प्रस्तुतीकरण, कलाकारको अभिनय राम्रो लागेको बताए। अर्का कलाकार दीपक आचार्यले नेपाली परिवेशमा एउटा राम्रो फिल्म बनेको उल्लेख गरे। अर्का कलाकार विजय बरालले फिल्मको कन्सेप्ट आफूलाई मन परेको सुनाए।

अभिनेत्री लुनिभा तुलाधरले फिल्मले आफ्नो कथा भनेजस्तो अनुभव गरेको बताइन्। उनले मानसिक स्वास्थ्यको विषयलाई उठान गरेकोमा आभार व्यक्त गर्दै यस्ता कथामा अझ फिल्म बन्नुपर्ने सुझाव दिइन्। प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको ‘बहाव’ श्रीधर पौडेलले निर्माण गरेका हुन्।

Metro Mart
worldlink

स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको फिल्म ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ मा निर्माण भएको हो। फिल्ममा सुरक्षा पन्त, कमलमणि नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हिरालाल कँडेल लगायतको अभिनय छ।
 

प्रकाशित: Apr 06, 2023| 19:50 बिहीबार, चैत २३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्