काठमाडौं– कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। शुक्रबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शर्मालाई सत्तारुढ २५ सांसदले विश्वासको मत दिएका हुन्।
मुख्यमन्त्री शर्मालाई नेकपा माओवादी केन्द्रका १३, एमालेका ९, नेकपा एस, राप्रपा र स्वतन्त्र एक–एक गरी २६ सांसदले मत दिएका थिए।
माओवादी केन्द्रका संसदीय दलका नेता शर्मालाई प्रदेश प्रमुख तिलक परियारले २७ पुसमा मुख्यमन्त्री नियुक्त गरेका थिए। ४० सदस्यीय प्रदेशसभामा कांग्रेसका १४, माओवादी केन्द्र १३, एमाले सभामुखसहित १०, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्रका एक–एक सांसद छन्।