सोमबार, साउन ६, २०८२

उपसभामुखमा कांग्रेस सांसद मुक्ताकुमारीको उम्मेदवारी

कांग्रेसले नेकपा एस, लोसपा र राष्ट्रिय जनमोर्चालगायत दलसँग छलफल गरी उपसभामुखमा उम्मेदवारी दिएको हो।
 |  शुक्रबार, माघ ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ६, २०७९

काठमाडौं–  संघीय उपसभामुखका लागि कांग्रेस सांसद मुक्ताकुमारी यादवले उम्मेदवारी दर्ता गराएकी छन्। शुक्रबार यादवले संघीय संसद् भवन पुगेर उपसभामुखमा उम्मेदवारी दिएकी हुन्।

उनको प्रस्तावकमा सांसद बद्री पाण्डे, समर्थकमा नेकपा एसका सांसद मेटमणि चौधरी र लोसपा सांसद सर्वेन्द्रनाथ शुक्ला रहेका छन्। कांग्रेसले नेकपा एस, लोसपा र राष्ट्रिय जनमोर्चालगायत दलसँग छलफल गरी उपसभामुखमा उम्मेदवारी दिएको छ। सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले उपसभामुखमा उम्मेदवारी दिएकी छन्। 

यादव २०७४ मा मधेस प्रदेशबाट राष्ट्रिय सभा सांसद र दोस्रो संविधानसभामा पनि सभासद् थिइन्। समानुपातिकबाट कांग्रेस सांसद रहेकी यादव धनुषाकी हुन्। यादवले कांग्रेसको १४औं महाधिवेशनमा सबैभन्दा धेरै मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन्।

प्रकाशित: Jan 20, 2023| 15:56 शुक्रबार, माघ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...