सोमबार, साउन ६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • वर्तमान अवस्थामा वैदेशिक रोजगारीलाई रोक्न सम्भव छैन : श्रममन्त्री अर्याल

वर्तमान अवस्थामा वैदेशिक रोजगारीलाई रोक्न सम्भव छैन : श्रममन्त्री अर्याल

आज नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९औँ वार्षिक साधारण सभामा बोल्दै श्रममन्त्री अर्यालले विश्व व्यापारीकरणको वर्तमान समयमा वैदेशिक रोजगारीलाई रोक्न असम्भव रहेको बताए।
 |  शुक्रबार, माघ ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ६, २०७९

काठमाडौं- श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वर्तमान अवस्थामा वैदेशिक रोजगारीलाई रोक्न असम्भव भएको बताएका छन्। आज नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९औँ वार्षिक साधारण सभामा बोल्दै श्रममन्त्री अर्यालले विश्व व्यापारीकरणको वर्तमान समयमा वैदेशिक रोजगारीलाई रोक्न असम्भव रहेको बताए।

उनले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित तथा पारस्परिक लाभको क्षेत्र बनाउन प्रयास गर्न आवश्यक रहेको बताए। उनले सरकारले वैदेशिक रोजगारबाट प्राप्त पुँजी, सीप र ज्ञानलाई आन्तरिक उत्पादन र उत्पादकत्व अभिवृद्धिमा परिचालन गर्ने बताए। उनले बाध्यतात्मक वैदेशिक रोजगारीको वर्तमान यथार्थलाई सुखद् तस्वीरमा बदल्न प्रयास गर्ने बताए।

मन्त्री अर्यालले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित/व्यवस्थित बनाउँदै भविष्यमा वैदेशिक रोजगारीमा जाने प्रवृत्तिलाई बाध्यात्मक नभएर स्वेच्छिक बनाउने वर्तमान सरकारको लक्ष्य रहेको उल्लेख गरे। उनले सीपबिना वैदेशिक रोजगारीमा जाने अवस्थालाई परिवर्तन गर्दै प्राप्त ज्ञान सीपयुक्त र दक्ष जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउने गरी काम गर्ने बताए।

उनले विदेश जानुअघि वा नेपालमा नै रोजगारी खोज्दै गर्दा जुन क्षेत्रमा जान चाहेका हौँ त्यसमा सीप हासिल गर्न आवश्यक रहेको बताए। उनले वैदेशिक रोजगार व्यवसायीहरूले विधिसंगत रूपमा व्यवसाय चलाउन आग्रह गरे। 

प्रकाशित: Jan 20, 2023| 15:10 शुक्रबार, माघ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...