सोमबार, साउन ६, २०८२

सिंहदरबारमा सभामुख घिमिरेले गरे पद वहाली

शुक्रबार राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएर सभामुखको कार्यकक्ष सिंहदरबारमा पद वहाली गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन्।
 |  शुक्रबार, माघ ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ६, २०७९

काठमाडौं– प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले संसद्लाई मर्यादित र प्रभावकारी बनाउन सबै उपाय अपनाउने प्रतिबद्धता जनाएका छन्।

शुक्रबार राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएर सभामुखको कार्यकक्ष सिंहदरबारमा पद वहाली गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन्। नवनिर्वाचित सांसदका लागि संसदीय प्रक्रिया र कार्यक्रम सञ्चालन गर्न स्वीकृति दिने पहिलो निर्णय पुस्तिकामा हस्ताक्षर गरेका छन्।

पदभार ग्रहणपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सभामुख घिमिरेले संसदलाई प्रभावकारी बनाउन कुनै कसर बाँकी नराख्ने बताए। उनले भने, ‘नेपाली जनताको प्रतिनिधि संस्थालाई अझ बढी व्यवस्थित, क्रियाशील र मर्यादित बनाउन सबैको प्रत्यन हुनेछ। यसको नेतृत्व गर्ने जिम्मेवारी मैले पाएको छु। जिम्मेवारीलाई सही रुपमा परिचालन गर्नेछु।’

प्रकाशित: Jan 20, 2023| 13:04 शुक्रबार, माघ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...